८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइनः माधव नेपाल

कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइनः माधव नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनु भएको छ ।

काँग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उहाँले यस्तो भनाई राख्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताउनु भयो । मोर्चा कसैलाई तर्साउन र मुकाविला गर्नका लागि नभएको नेपालको भनाई थियो । उहाँले प्रतिगमनमा पक्षमा नभएकाहरु मोर्चासँग डराउन सक्ने जिकीर समेत गर्नु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन ।

यो मोर्चा सिद्धान्तहिन मोर्चा होइन । यो मोर्चा विचारहिन मोर्चा होइन । यसको प्रष्ट उद्देश्य छ । त्यो उद्देश्य भनेको के हो भने प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने सम्पूर्ण देशभक्तहरु र समाजवादी शक्तिहरुलाई हामी एकतावद्ध बनाएर लैजान चाहन्छौं । त्यसो हुनाले हामीले प्रष्ट के हुनुपर्छ भने कि हामी देशभक्त शक्तिहरुलाई हातेमालो गर्दै अघि बढाएर लैजान चाहन्छौं । हामी परिवर्तनकामी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजान चाहन्छौं । हामी ती सबै शक्तिहरु, जो नेपाललाई समाजवादतर्फ लैजान चाहन्छन । समाजवादी नेपालको निर्माण गर्न चाहन्छन । उनीहरुलाई सँगसँगै हातेमालो गर्दै अघि बढाएर लैजान चाहन्छौं । हामीमा कुनै किसिमको संकीर्णता छैन । हामीमा कुनै किसिमको आग्रह पनि छैन । मैले सुनिरहेको छु–केहीकेही नेताहरुलाई परेको रहेछ कि यो मोर्चा अहिले बनेको छ । त्यसको पछाडि दुईटा कुरा होला ।

कसैलाई तर्साउन र कसैको मुकाविला गर्न । यो कसैलाई तर्साउन पनि गरेको होइन । कसैको मुकाविला गर्नका लागि पनि होइन । यो सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गर्नका लागि हामीले यो मोर्चा बनाएका छौं । हामीले पोजेटिभ थिंकिंङ राखेर समाजवाद बनाउनका लागि र समाजवादी शक्तिको जनतामा रहेको प्रभावलाई विस्तार गर्नका लागि, समाजवाद निर्माणको वातावरण तयार गर्नका लागि, सुशासनलाई सुनिश्चित गर्नका लागि, समाजमा भएका, राजनीतिमा भएका जतिपनि विकृति, विसंगतिहरु छन । ती सबैलाई अन्त्य गर्नका लागि हामी एकतावद्ध भएर अघि बढन चाहन्छौं ।

यस अर्थमा कुनै पार्टीलाई घुक्र्याउन हामीले खोजेका होइनौं । कसैलाई दवाव दिन चाहेका पनि होइनौं । कसैलाई तर्साउन पनि चाहेका होइनौं । नतर्सिनुस् । ढुक्क हुनुस् । तिनै तर्सिन्छन, जो प्रगतिको पक्षमा छैनन् । तिनै तर्सिन्छन, जो अग्रगमनको पक्षमा छैनन् । तिनै तर्सिन्छन, जो समाजलाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने मान्यताको पक्षमा छैनन् । अरु सबै आनन्दले निदाए हुन्छ, सुते हुन्छ । ढुक्कसँग बसे हुन्छ । किनभने हामीले यो मोर्चामा केही नयाँपन पनि छ । यो पहिलो पटक मोर्चा बनेको छैन । तपाईलाई याद होस् ।’

अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरुलाई मोर्चामा आवद्ध हुन पनि आह्वान गर्नु भयो । सत्तापक्ष र सत्ता बाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिहरुलाई समेटने सामथ्र्य राखेको पनि उहाँले बताउनु भयो । अध्यक्ष नेपालले देशभक्त र क्रान्तिकारी शक्तिहरुसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले तपाईहरुलाई अघि अप्ठ्यारो पनि लाग्ला । सत्तामा बस्ने पार्टीहरु पनि यही छन । सत्ता बाहिर बस्ने पार्टीहरु पनि यहीँ छन ।

यही हो यसको विशेषता । यसको नयाँपन यही हो । नभए यसले सबै शक्तिलाई समेटन सक्ने थिएन । त्यसो हुनाले कमरेड विप्लवलाई मात्रै होइन, अरु समूह पनि छुटनु भएको छ भने उहाँहरुलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौं–आउनुस् हातेमालो गरौं । नआत्तिनोस् । नतर्सिनुहोस् । हामी तर्साउन चाहदैनौं । घुक्र्याउन पनि चाहदैनौं । र, हामीलाई मुकाविला पनि गर्नु छैन । हामी मुकाविला गर्न चाहन्छौं कि कोही प्रतिगमनका लागि उत्रन चाहन्छ भने । प्रतिगमनको पक्षमा कोही लाग्न चाहन्छ भने । परिवर्तनको विपक्षमा कोही उभिन चाहन्छन भने हामी मुकाविला गर्न चाहन्छौं । यस अर्थमा हामो मुकाविला जहिले पनि प्रतिगामी कुराको विरुद्धमा हुनेछ । हाम्रो जहिले पनि साथ अग्रगमनको पक्षमा हुनेछ । यसैकारण अग्रगमनका पक्षधर हामी शक्तिहरु एक भएर उभिएका छौं । ’

अध्यक्ष नेपालले समाजवादी शक्तिमा रहेका जनताको प्रभावलाई विस्तार गर्न पनि आफूहरुले सो मोर्चा निर्माण गरेर अघि बढने निर्णय लिएको बताउनु भयो ।