८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड: महासचिव चन्द

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड: महासचिव चन्द
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको हो ।

उहाँले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताउनु भयो । उहाँले देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको बताउनु भयो । नेपाल अग्रगमन र पश्चगमनबीचको लडाँइमा उभिएको भन्दै उहाँले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गर्नुभयो । महासचिव विप्लवले देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताउनु भयो । उहाँले देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनैपनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन । कुनैपनि स्थितिमा हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनैपनि स्थितिमा स्वीकार गर्न सकिँदैन । नेपालको स्वाधिनता र नेपाली जनताको अधिकारको लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडी ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल । यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयोग हो यो । यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ र यसरी प्रयोग भएको छैन । सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ र हामी जनताको बीचमा भएका, संघर्ष गरिरहेका पार्टीहरु पनि यहाँ पनि छौँ । यो एउटा संयोग हो ।

नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ । ७ बुँदे घोषणापत्र लिएर तपाईहरुको बीचमा उपस्थित भएका छौँ । पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो । यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो । देशको नेतृत्व देशभक्त स्वाभिमानी नागरिकहरुले गर्ने हो । हामी सक्छौँ । तपाईहरुको विश्वासबाट । तपाईहरुको उत्साहबाट हामी साँच्चै नै तरंगित पनि छौँ । जिम्मेवारीबोध पनि भइरहेको छ ।’

महासचिव चन्दले देशमा नयाँ पुस्ताहरुलाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोशिस भएको बताउनु भयो । उहाँले युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोशिस भइरहेको भन्दै सचेत गराउनु भयो । उहाँले नेपालीहरु स्वाधिन बन्न चाहाने उल्लेख गर्दै कसैको गुलाम स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘म यहाँबाट अपील गर्न चाहन्छु, आउँदो भविष्य कुनैपनि मुल्यमा शासकहरुको हुन सक्दैन । कुनैपनि मूल्यमा प्रतिगामीहरुको हुन सक्दैन । कुनैपनि मूल्यमा विदेशी तत्वहरुको, साम्राज्यवादीहरुको हुन सक्दैन । नेपालको भविष्य नेपाली जनताको हो । नेपाली जनताले सुनिश्चित गर्नुपर्छ । त्यो विश्वास गर्न चाहन्छु । आज नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने, नेपालको स्वाधिनता समाप्त पार्ने, युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने, लुट्ने, एक्काइसौँ शताब्दीको गुलाम बनाउने हामी नेपालीलाई । हामी स्वाधिन बन्न चाहान्छौँ । हामीले भनेका छौँ हामी कुनैपनि देशमा हामीलाई कुनै चासो छैन ।’

‘तर यो देशमा हामी मान्छे भएर बाँच्न चाहन्छौँ । कसैको गुलाम हुन हामीलाई स्वीकार्य छैन । कुनैपनि देशको गुलामी बन्न हामीलाई स्वीकार्य छैन । त्यो आँट नेपालको युवा पुस्ताले एकचोटी गर्नु जरुरी छ । निराश भएर होइन । अग्रगमन सम्भव छ । हरेक उज्यालो अध्याँरोसँग लडेर मात्र सम्भव छ । हरेक सफलता जटिलताहरुसँग लडेर मात्रै सम्भव छ । हरेक सफलता असफलताहरु सँग भिडेर मात्र सम्भव छ । त्यसैले समाजवादी मोर्चा बनेको छ ।’

उहाँले आगामी दिनमा मोर्चाले देशलाई आशा जघाउने काम गर्ने बताउनु भयो । मोर्चाले शहीद तथा बेपत्ताहरुको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने बताउनु भयो । उहाँले मोर्चाले देशमा भएका राजनीतिक परिवर्तनहरुको रक्षा गर्ने बताउनु भयो ।