२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुटे त्रिविका उपप्राध्यापक चलाउने, अनसन बस्ने तयारी



अ+ अ-

काठमाडौं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले छाडेको छ।

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंमा धर्ना दिन पुगेका चलाउनेसहित केहीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो। उनलाई अभियन्ता गणेश थापाको रोहबरमा प्रहरीले छाडेको हो।

उनी आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णय पछिको विरोध प्रदर्शन गर्न अदालतमा पुगेका थिए। सोहि क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानमुद्दा विचाराधीन छ । ५ गतेलाई पेशी तोकिएको उक्त मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्ले गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।

रिहा भएसँगै उनले अहिले साँझ पौने ५ बजे त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन‍्। सम्मेलनपछि अनसन सुरू गर्ने उनको तयारी रहेको छ।

चलाउनेले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताए। उनले न्याय मरेको र मानवता हराएको देशमा आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरे । राज्य नै अपराधीहरूले सञ्चालन गरिरहेको भन्दै उनले अनसन सुरू गर्ने बताएका हुन्।