८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सामान्य अङ्कले घट्यो नेप्से

सामान्य अङ्कले घट्यो नेप्से
अ अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो ।

आज विभिन्न दुई सय ७६ वटा कम्पनीका एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता शेयर ६९ हजार एक सय ६८ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक सय ३१ दशमलव ३७, वित्त समूह ८९ दशमलव ९०, लगानी समूह दुई दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ४६ र अन्य समूह ३३ दशमलव १३ अङ्कले बढेको छ ।

निर्जीवन बीमा समूह दुई सय ७७ दशमलव २५ र जीवन बीमा समूह एक सय ९३ दशमलव ८० अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ आठ दशमलव ३२, होटल तथा पर्यटन ८१ दशमलव ८६, जलविद्युत् १९ दशमलव ८०, उत्पादन तथा प्रशोधन ५२ दशमलव ५४, लघुवित्त २९ दशमलव १३ र व्यापार समूह १२ दशमलव ०८ अङ्कले घटेको छ ।

आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, बिपिडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २९ करोड ८२ लाख १३ हजार पाँच सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर ११ लाख ३५ हजार सात सय ९८ कित्ता किनबेच भएको छ ।रासस