८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गोकर्ण बिष्टको प्रश्न: जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?

गोकर्ण बिष्टको प्रश्न: जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएपनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुने सहमति भएको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्युतको आन्तरिक खपत बढाउनुपर्ने हो तर आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ । आजपनि ११३ वर्ष लामो विद्युत उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबै जनताले विद्युत प्राप्त गरेका छैनन् । अहिले पनि हजारौँ, लाखौँ घरहरु अध्याँरोमा बसिरहेका छन् । विद्युतीय सवारीसाधन, इण्डक्शन चुलोलाई अहिले पनि ठिक ढंगले प्रयोग गर्न सकिएको छैन । २०२१ को तथ्यांक अनुसार ६० प्रतिशत फ्युलमा आधारित परम्परागत र २७ प्रतिशत, डिजेल, पेट्रोल, एलपीजी र कोलको प्रयोग भइरहेको छ र विद्युतको प्रयोग ४.२ प्रतिशत मात्रै छ । उर्जा खपतको हिसावले यो प्रकारको अवस्था छ ।’

‘विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गरेर बसेका छौँ । यो प्रकारको कहालीलाग्दो अवस्था छ । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएको त छ, तर के जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा के त्यहाँ कुनै सहमति भएको छ । १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा हामीले कहीँ गम्भीरता देखाएका छौँ ? कुनै पहलकदमी गरेका छौँ, छैनौँ, हमीले नारा दिएका मात्रै छौँ ।’

एमाले सचिव समेत रहनुभएका बिष्टले आन्तरिक खपत बढाउनुको ठाउँमा विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गर्नु नहुने बताउनु भयो ।