२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार र आन्दोलनरत पक्षबीच ५ घण्टा छलफल, फेरि वार्तामा बस्ने



अ+ अ-

विराटनगर । सोमबार कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पहिचानवादी पक्षबीच वार्ता भएको छ । सोमबार विराटनगरको होटल विगमा करिब ५ घण्टा वार्ता भएको हो ।

वार्तापछि दुवै पक्षले छलफल सौहार्दपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । दुवै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको पनि उनीहरुले बताएका छन् ।

वार्तामा विषय प्रवेश भएको र पुन: वार्तामा बस्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक मन्त्री तिलकुमार मेन्याङ्बोले बताउनुभयो । त्यस्तै आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्तामा विषय प्रवेश भएको भन्दै फेरि वार्तामा बस्ने सहमति भएको जानकारी दिनुभयो ।

प्रदेशसभाले १७ फागुनमा प्रदेशको नाम कोशी राखेको थियो । तर पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाहरुले प्रदेश नामकरणको विरोधमा आन्दोलन सुरु गरेका थिए ।