२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार र आन्दोलनरत पक्षबीच ५ घण्टा छलफल, फेरि वार्तामा बस्ने



अ+ अ-

विराटनगर । सोमबार कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पहिचानवादी पक्षबीच वार्ता भएको छ । सोमबार विराटनगरको होटल विगमा करिब ५ घण्टा वार्ता भएको हो ।

वार्तापछि दुवै पक्षले छलफल सौहार्दपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । दुवै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको पनि उनीहरुले बताएका छन् ।

वार्तामा विषय प्रवेश भएको र पुन: वार्तामा बस्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक मन्त्री तिलकुमार मेन्याङ्बोले बताउनुभयो । त्यस्तै आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्तामा विषय प्रवेश भएको भन्दै फेरि वार्तामा बस्ने सहमति भएको जानकारी दिनुभयो ।

प्रदेशसभाले १७ फागुनमा प्रदेशको नाम कोशी राखेको थियो । तर पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाहरुले प्रदेश नामकरणको विरोधमा आन्दोलन सुरु गरेका थिए ।