६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको खेतीबाली विक्रीका लागि छुट्टै केन्दको स्थापना गर्न सांसद आचार्यको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गर्नु भयो । दशौं हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उहाँको भनाई थियो ।

सांसद आचार्यले भन्नु भयो, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत देशभर भएका १७७ वटा जोनहरु मध्ये सुनसरी जिल्लामा धान, तरकारी, माछा, बंगुर, अदुवा र हर्दी गरी पाँच वटा जोन छन । केही वर्षदेखि सुनसरीको दशौं हेक्टर जमिनमा उन्नत मकै खेती हुन थालेकाले मकै जोन पनि त्यहाँ थप गर्नुपर्ने आवश्यक्ता छ । यी खेतीहरुका लागि प्रविधि, भौतिक सहयोग, आर्थिक सहयोगका साथै विभिन्न ठाउँमा आवश्यक उपकरणहरु विक्री केन्द्रहरु, शीत भण्डार, प्रशोधन उद्योग लगायत बजारको राम्रो व्यवस्था गर्नुपर्ने अवस्था छ । यी सबै काम हुँदाहुँदै यावत कामहरुको व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयमा थप मानवीय स्रोत, थप साधनको व्यवस्थापन गर्नुपर्ने माग गर्न चाहन्छु । ’

सांसद आचार्यले सुनसरीको खेतीबाली विक्रीका लागि सरकारले छुट्टै केन्द्रहरुको स्थापना गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।