८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

समाजवादी मोर्चा घोषणा आज हुँदै

समाजवादी मोर्चा घोषणा आज हुँदै
अ अ+ अ-

काठमाडौँ । संघीय लाेकतान्त्रिक गणतन्त्रको रक्षा र समाजबादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ सोमबार समाजवादी मोर्चा नेपालको घोषणा हुँदैछ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दल मार्चामा आबद्ध हुनेछन् । नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको जनाइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरा स्वभाविक भएको बताउनुभयो । संसद भवन परिसरमा आइतबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, एकता राम्रो कुरा हो । राम्रो उद्देश्य बाकेर समाजवादमा जाने सबै शक्तिलाई मिलाएर लानुपर्छ भन्ने मान्यता मोर्चाको छ ।,

जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले समाजवादको उद्देश्य प्राप्तिका लागि १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता तयार गरिएको जानकारी दिनुभयो । मस्यौदामा संघीयता, लोकतन्त्र, सुशासन समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने उल्लेख छ ।

उहाँले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिलक समावेशी सिद्धान्त र संविधानप्रति प्रतिबद्ध भइर नेपाली विशेषताको समाजवाद स्थापना मोर्चाको साझा नीतिगत संकल्पत भएको बताउनुभयो । नेता श्रेष्ठका अनुसार मोर्चामा सहभागी दलका नेताहरुले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । सोमबार केन्द्रीय मोर्चा घोषणा गरेपछि आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाइनेछ । मोर्चाले केन्द्रीय संयोजन समिति बनाएको छ । संयोजन समितिको सचिवालय रहनेछ ।

मोर्चामा हालसम्म भएका उपलब्धीको रक्षा गर्दै समाजवादको बाटो तय गर्ने भन्दै आर्थिक, सामाजिक, सांस्कृतिक रुपानतरण र समृद्धिका सवालमा पनि साझा धारणा बनाइएको छ ।

सदियौँदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैंगिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेद अन्त्य गर्ने संकल्प गरिएको छ । मानव विकास सूचकांकमा पछाडि परेको मधेस, कर्णाली र सेती महाकालीलगायतका पिछडिएका क्षेत्र र जनताको विकास र अवसरलाई विशेगा प्राथमिकतामा राख्ने उल्लेख छ ।

त्यसैगरी राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरुपले बहिष्कारमा परेका वा पारिएका मधेसी, आदिवासी, जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसंख्यक, समुदाय, विपन्न, वर्गलगायतका सीमान्तकृत समुदायको पहिचान, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने प्रतिबद्धता गरिएको छ ।

समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्नेछ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्ता तथा सार्वजनिक, सहकारी एवं निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशिल भूमिकाका आधारमा समाजवादी अर्थ राजनीीतक व्यवस्था अवलम्बन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

उहाँले आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र राजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।