५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिपुरूष विवादबारे भारतीय कम्पनीले बालेनलाई पठायो पत्र



अ+ अ-

काठमाडौँ । भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पत्र पठाएको छ ।

कम्पनीले आइतबार पठाएको पत्रमा चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभीमानलाई प्रतिनिधित्व गरेको जनाइएको छ ।

कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न समेत भनिएको छ ।

काठमाडौं महानरका मेयर बालेनले बिहीबार उक्त चलचित्रमा रहेको विवादित संवाद ३ दिनभित्र हटाउन र नहटाए महानगरभित्र कुनैपनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए । यसैबीच मेयर शाहले आज सोमबारदेखि काठमाडौंमा कुनै पनि हिन्दी चलचित्र प्रदर्शन गर्न रोक लगाइने आइतबार घोषणा गरेका थिए ।

अर्कोतर्फ, सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले ‘आदिपुरुष’ मा नेपालको राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाइसकिएको सन्दर्भमा विभिन्न माध्यमबाट जनाइएका आपत्तिका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।