५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपतजन्य घटना: पूर्वी नेपालमा वितण्डा, तिनको मृत्यु २९ बेपत्ता



अ+ अ-

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिनुभएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो । अन्य तीन जनाको भने उद्धार गरिएको छ ।

उहाँका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पु-याएको छ । यस्तै, छवटा घर बगाएको र दुई जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै, सङ्खुवासभामा भने एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन रहेका छन् । त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि कडायतले बताउनुभयो ।

सङ्खुवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राससलाई दिनुभएको जानकारीअनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत् आयोजनाका कर्मचारी छन् । अन्य चारजना भने सर्वसाधारण हराइरहेका हुन् ।

यस्तै, ताप्लेजुङमा एकको मृत्यु र तीनजना बेपत्ता रहेका छन् । त्यहाँ नौवटा पशु चौपाय मरेको छ । इलामलगायत जिल्लाहरुमा पनि पहिरो गएको र जनजीवन प्रभावित भएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो । रासस