२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतम एमाले पार्टी कार्यालयमा



file-photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका हुन् ।

एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमाले फर्किन बाटो खुला भएको छ । एमालेले सो प्रावधान हटाएपछि गौतमले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको प्रतिक्रिया दिएका थिए ।

समाजवादी मोर्चा घोषणाको तयारी गरेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले नेता गौतमलाई मोर्चामा ल्याउने तयारी गरिरहेको बेला गौतम ओलीलाई भेट्न एमाले पार्टी कार्यालय पुगेका हुन् ।