८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि शुरु भएको छ: मन्त्री ज्वाला

बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि शुरु भएको छ: मन्त्री ज्वाला
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शनिवार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताउनुभएको हो ।

उहाँले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताउनु भयो। उहाँले बाढी पहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षती समेत भएको बताउनु भयो । उहाँले क्षती भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि शुरुवात गरेको बताउनु भयो।

उहाँले १० दिनभित्रमा बेलीब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताउनु भयो। उहाँले बाढीको कारण क्षती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम,तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको बताउनु भयो। उहाँले सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि बताउनु भयो।

उहाँले भन्नुभयो,‘ शनिवार राती हेवाखोलामा आएको बाढीबाट भएको क्षतीको अनुमान करिव गर्दा भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिव ५० करोड क्षती भएको छ । हाल क्षती भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलीब्रिज बनाउने काम आजैदेखि शुरुवात गरेका छौं । आजै हामीले सम्बन्धित कार्यालयमा सम्पर्क गरेर बेलिब्रिज उपलब्ध गराउने र १० दिनभित्रमा त्यो ठाउँमा बेलीब्रिज जडान गर्ने गरी कामलाई अघि बढाएका छौं । बाढीको कारण क्षेती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम,तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएका छौं ।

उहाँहरु योजना वद्धरुप अवरुद्ध सडक खुलाउन कामको थलानी गरिसक्नु भएको छ । सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलीब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको छ । बेलीब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुला गछौं । वर्षायाम सुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएका छौं ।’

उहाँले बेलीब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुलाउने तयारी सरकारको रहेको बताउनु भयो । उहाँले वर्षायाम शुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएको जानकारी दिनुभयो । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।