२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार घोषणा हुनसक्छ समाजवादी मोर्चा: महरा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) बाहेकको कम्युनिष्ट र समाजवादी मिलेर बन्न लागेको समाजवादी मोर्चा मंगलबार घोषणा हुनसक्ने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराका अनुसार समाजवादी मोर्चा मङ्गलवार घोषणा गर्ने तयारी गरिएको छ । उहाँले समाजवादी मोर्चाको नाम, घोषणापत्र र समसामयिक विषयमा कार्यपत्र तयार भइसकेको जानकारी दिनुभयो ।

मोर्चाको नेतृत्व, साङ्गठनिक संरचना लगायत विषयमा आज र भोलिसम्म टुङ्गो लगाइने उहाँले बताउनुभयो । अहिले तत्काल माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा समेटिने बताइएको छ ।

डा बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई समेट्ने विषयमा छलफल जारी छ ।

यसैबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रस्तावित समाजवादी केन्द्रका नेताहरूको छलफल चलिरहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूको सहभागिता रहेको बताइएको छ ।