९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
अ अ+ अ-

अम्बाथान ।  विसं २०७८ असार १ गते भीषण बाढी नआएको भए राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम यतिबेला धमाधम चलिरहेको हुन्थ्यो । याङ्ग्री र लार्के खोलाको थप पानी ल्याउने र राजधानी काठमाडौँको तिर्खा मेट्ने योजनाले नयाँ गति लिएको हुन्थ्यो ।

तर, प्राकृतिक विपत्तिका अगाडि केही लागेन । निर्माण सम्पन्न भइसकेको आयोजना पर धकेलियो । जसले बर्षाको समयमा पानी बन्द गर्नुपर्ने अवस्था आइलाग्यो । फलस्वरुप गत वर्ष जस्तै यसवर्ष पनि बर्खामा पानी पठाउने कि नपठाउने भन्नेमा मेलम्ची खानेपानी विकास समितिले अझै निर्णय लिन सकेको छैन । मनसुन भर्खर शुरु भएकाले आगामी दिन कस्तो रहला भन्ने अहिल्यै अनुमान गर्न गाह्रो छ ।

सोही आयोजनाको समग्र अवस्थाको बारेमा जानकारी लिन र आगामी योजनाको बारेमा उपयुक्त निर्णय लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उच्चस्तरीय टोली आज आयोजना स्थलमै पुग्यो । टोलीमा खानेपानी मन्त्री महेन्द्रराय यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बाग्मती प्रदेशसभा सदस्यद्वय युवराज दुलाल र सरल सहयात्री पौडेललगायत हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आयोजनाको समग्र पक्षका बारेमा जानकारी मात्रै लिनुभएन, स्थानीयसँग यसलाई दिगो बनाउने र आयोजनाको दोस्रो खण्डलाई छिट्टै कार्यान्वयनमा ल्याउने बाचा पनि गर्नुभयो । काठमाडौँलाई पानी पठाएर हेलम्बुले लगाएको गुन तिर्न प्रधानमन्त्रीले स्थानीयले राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोजना सञ्चालन गरिरहेको मेलम्ची खानेपानी विकास समिति केही समय अन्यौलमा पर्दा परेको उल्झनका साथ साथै पानी पठाउने स्थललाई दिगो र भरपर्दो बनाउने विषयमा पनि प्रधानमन्त्रीले चासोपूर्वक पदाधिकारीको धारणा सुन्नुभयो ।

सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका हरेक आयोजनामा पुगेर तत्काल नै समस्या समाधान गर्ने बताउँदै आउनुभएका प्रधानमन्त्री प्रचण्ड नै मेलम्ची पुग्दा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई पनि थप बल मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवका आयोजनाको नियमित र व्यवस्थित सञ्चालनका लागि मुलुकको कार्यकारी प्रमुखले नै चासो लिएर स्थलगत अनुगमन गरेपछि हाम्रा समस्याहरु अब समाधान हुन्छन् भन्ने विश्वास पैदा भएको छ ।”

काठमाडौँ पानी पठाउने सुरुङको मुखै अगाडि उभिएर प्रधानमन्त्रीले भन्नुभया, “यसलाई सुरक्षित र व्यवस्थित बनाउन के–के गर्नुपर्छ । त्यसका लागि सरकार पूर्ण प्रतिबद्ध छ ।” प्रधानमन्त्रीको सो भनाइ लगत्तै कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “त्यसका लागि आवश्यक तयारी भइसकेको छ । हामी सुत्रवद्ध रुपमा पेश गर्छौ ।”

आयोजना स्थलका साथै इन्द्रावती नदीको तल्लो र माथिल्लो तटीय क्षेत्रमा नै बाढीले थुपारेको ढुङ्गा, बालुवा र गेग्रयानको व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण छ । आयोजना स्थल पुग्ने सडकको अवस्था पनि दुरुहपूर्ण छ । पुनःनिर्माणको काम जारी रहेपनि अपेक्षित गतिमा छैन । यी सबै विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आयोजनाको गम्भीरतालाई मध्यनजर गर्दै यसलाई दिगो बनाउन सरकारको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध हुन्छ ।”

प्रधानमन्त्रीले स्थानीयको माग सम्बोधन गर्न पनि कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो । आयोजनास्थल प्रधानमन्त्री आउँदै गरेको थाहा पाएर हेलम्बु गाउँपालिकाका  अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोलगायतका पदाधिकारी पनि आफ्ना समस्या सुनाउन उपस्थित हुनुहुन्थ्यो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको ७५ प्रतिशत भाग सोही गाउँपालिकाभित्र पर्छ । दोस्रो चरणको याङ्ग्री र लार्के आयोजनाको सुरुङको ५० प्रतिशत भाग पनि सोही गाउँपालिकामा पर्नेछ ।

कहिल्यै बिर्सदैनन् मेलम्चीबासीले त्यो असार

विसं २०७८ असार १ र सोही वर्षको साउन १६ र १७ गते मेलम्ची खोलामा आएको भीषण बाढीका कारण सो गाउँपालिकामा पर्ने मेलम्ची खोनेपानीको मुहान क्षतिग्रस्त भयो । खोला आसपासमा अधिकाशं बस्तीहरु तिम्बु, हल्दे, चिउरीखर्क, किउल बगर, गणेशे, चनौटे, ग्याल्थुम, पाल्चोक बेसीलगायतका तीन सय नौ वटा निजी आवास तथा घर पूर्णरुपमा क्षतिग्रस्त भए ।

व्यावसायिक रुपमा रहेका १० वटा ट्राउट माछा फार्म, एक हजार आठ सय ७३ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भयो । कूल छ वटा मोटरेबल पुल, सात वटा झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त भए । आयोजानमा कार्यरत तीन चिनियाँ, तीन भारतीय गरी २४ जनालाई बाढीले बगायो । त्यसमध्ये १५ नेपाली र पाँच विदेशी अझै बेपत्ता छन् ।

बाढी आएको दुई वर्ष पूरा हुँदा समेत बाढी पीडितको समस्या समाधान नभएकामा स्थानीय चिन्तित र आक्रोशित छन् । ती सबै विषयमा प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक सुन्दै समस्या समाधानका लागि सरकारले ठोस पहल गर्ने बताउनुभयो ।

दोस्रो खण्डको काम तदारुकताका साथ अगाडि बढाइन्छः प्रधानमन्त्री 

प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजना अन्तर्गतको दोस्रो खण्ड याङ्ग्री र लार्केको काम तत्कालै अगाडि बढाइने बताउनुभयो । स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । यस आयोजनालाई समयमै सम्पन्न गर्ने र काठमाडौंबासीलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने र यस क्षेत्रका जनतालाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यो आयोजना सुरु गरिएको थियो ।  काठमाडौंका जनतालाई खानेपानीको समस्याबाट मुक्त गर्ने विषय आफैमा धेरै संवेदनशील छ ।”

प्रधानमन्त्रीले काठमाडौँबासीलाई पानी खुवाउने यहाँका जनताको पनि आवाज आफूले सुनेको र समस्या समाधानमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । प्राकृतिक विपत्तिले परियोजनामा कल्पना नै नगरिएको क्षति भएको  उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यहाँ आएको बाढी कसैले पनि प्रक्षेपण गरेको कुरा होइन । यत्रो बाढी आउला भनेर आयोजना निर्माण गर्ने समयमा इन्जिनियर वा त्यो कसैले पनि परिकल्पना गर्ने विषय पनि होइन ।” उहाँले दुई वर्ष पहिले असार १ गतेका दिन आयोजनाले समयमै पानी बन्द नगरेको भए सुरुङमा गेग्रयान भरिएर परियोजना नै असफल हुनसक्ने खतरा टरेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्रीले विपत्तिको जोखिम कायमै भएकाले अर्को विकल्पको खोजी गर्नुपर्ने र त्यसको आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कठिन अवस्थामा पनि काठमाडौंमा पानी पठाउन मेहनत गरेका आयोजनाका इन्जिनियर र प्राविधिकलाई धन्यवाद दिनुभयो । उहाँले आयोजनाको आकस्मिक कामका लागि छुट्टै बजेटको प्रबन्ध गरिने समेत जानकारी दिनुभयो ।

‘‘खानेपानी आयोजनाको काम सम्पन्न भइहाल्यो भनेर अचानक विकास समिति खारेज गर्ने, काम पूरा नगर्ने अवस्था देखियो”, उहाँले भन्नुभयो, “यहाँ तत्काल काम गर्नुपर्‍यो वा अर्को दुर्घटना हुन लाग्यो भने तुरुन्तै केही गर्नुपर्ने अवस्था आए त्यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्नेछ ।”

उहाँले सो परियोजना सम्पन्न गर्नुका साथै आकस्मिक घटनालाई रोकथाम गर्ने विषयमा आफ्नोतर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाउनुभयो ।

सो अवसरमा खानेपानी मन्त्री महेन्द्र यादवले आयोजनाको दिगो र दीर्घकालीन व्यवस्थापनका लागि ठोस रणनीति बनाएर सरकार अगाडि बढ्ने बताउनुभयो । उहाँले आयोजनाको समग्र अवस्था र बाढीलगायतका विषयमा क्यानडाका प्राविधिकले अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो । रासस