९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

परराष्ट्रमन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त

परराष्ट्रमन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त
अ अ+ अ-
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिकको कार्य सहजता एवं सुरक्षाका लागि नविनतम् प्रविधि प्रयोगको सम्भाव्यता पहिचानमा सङ्गोष्ठी फलदायी भएको बताउनुभएको छ ।
काठमाडौँमा सञ्चालन भएको सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी समापन समारोहमा उहाँले दक्षिण एसियामै पहिलो पटक  महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने अवसर नेपाललाई प्राप्त भएकोमा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री साउदले विश्व शान्ति स्थापना कार्यमा नेपालले पु¥याउँदै आएको योगदानको स्मरण गर्दै भविष्यमा राष्ट्रसङ्घसँग नेपालको साझेदारी कायम रहने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घ सहयोग कार्य विभाग हेर्ने उपमहासचिव अतुल खरेले सफलतापूर्वक सङ्गोष्ठी आयोजना गरेकोमा नेपाल सरकार र नेपाली सेनाको सराहना गर्नुभयो । उहाँले नेपालको प्रस्ताव अनुरुप काठमाडौँस्थित लेभल चारको वीरेन्द्र अस्पताललाई सिरियामा सम्बद्ध गराउने विषयमा तत्काल आवश्यक प्रक्रिया शुरु गरिने तथा महिला शान्ति सैनिकले बासस्थानलगायत दुर्गम स्थानमा खटिँदा भोगिरहेका चुनौतीहरुलाई  विशेषरुपले  सम्बोधन गरिने बताउनुभयो ।
डिजिटल रुपान्तरणका लागि प्रयोग गर्ने प्रविधि नाराका साथ असार ३० गतेदेखि आयोजित सङ्गोष्ठीमा अहिलेसम्मकै धेरै विषयविज्ञको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शान्ति स्थापनार्थ तैनाथ मिशनहरुका लागि आवश्यक प्रविधिको सम्भाव्यता सम्बन्धमा सकारात्मक नतिजा निकाल्न गोष्ठी सफल भएको विज्ञहरुको ठहर छ ।
गोष्ठीमा शान्ति सेनाको सुरक्षाको लागि प्रविधिको प्रयोग, एकीकृत प्रशिक्षण र क्षमता निर्माण,  संयुक्त राष्ट्रसङ्घ स्मार्ट शिविर र टेलिमेडिसिनजस्ता विषयमा सहभागी प्रतिनिधिले छलफलपश्चात निकालेका निष्कर्ष आगामी दिनमा उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।
प्रधानसेनापति  प्रभुराम शर्मा, पूर्वप्रधान सेनापति, राष्ट्रसङ्घका सहायक महासचिवद्वय  बेर्नार्दो मारियानो र मार्था हेलेना,  रक्षा सचिव, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि, राजदूत, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका प्रमुख एवं प्रतिनिधि सो अवसरमा सहभागी हुनुहुन्थ्यो ।
सङ्गोष्ठीमा विश्वका विभिन्न स्थानमा तैनाथ ११ वटा शान्ति मिशनका प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घका ४२ सदस्य राष्ट्रका प्रतिनिधि तथा विषय विज्ञको सहभागिता रहेको निर्देशनालयले जनाएको छ । नेपाल शान्ति सैनिक र प्रहरी खटाउने देशहरुको वरियतामा दोस्रो तथा सबैभन्दा धेरै महिला शान्ति सैनिकहरु पठाउने देशको रुपमा रहेको छ । रासस