१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबदेखि कोटेश्वरको व्यवसाय शनिबार पनि खुल्ला



अ+ अ-

काठमाडौँ । यो महिनादेखि कोटेश्वरको व्यवसाय शनिबार पनि बन्द नहुने भएको छ । कोटेश्वरका व्यवसायीहरुको छाता संगठन ‘कोटेश्वर व्यवसायी संघ’मा आवद्ध व्यवसायीहरुले अबदेखि महिनाभरी नै आफ्नो व्यवसाय सञ्चालन गर्ने भएका हुन् ।

कोटेश्वरमा शटर र पसल कवल भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका चारसय भन्दा बढी व्यवसायीहरुले यसअघि हरेक महिनाको अन्तिम शनिबार आफ्नो व्यवसाय बन्द गर्दै आएका थिए । 

कोटेश्वरमा शनिबार सम्पन्न संघको १६ औं वार्षिक साधारण सभाले अबदेखि महिनाको अन्तिम शनिबार पनि व्यवसाय खोल्ने या वन्द गर्ने व्यवसायीको स्वेच्छिक विषय बनाउने निर्णय गरेको हो । यसअघि अन्तिम शनिबार व्यसाय सञ्चालन गरेमा संघले व्यवसायीलाई नगद जरिवना गराउने गथ्र्याे । 

‘कोरोनाको कारण व्यवसायलाई प्रत्यक्ष असर गरेको कारण जनाएर हरेक महिनाको अन्तिम शनिबार व्यवसाय बन्द गर्ने कार्यलाई यो महिनादेखि स्वेच्छिक बनाइएको हो’—कोटेश्वर व्यवसायी संघका अध्यक्ष एवम् ‘बि फाइभ फेशन वेयर कोटेश्वर’का सञ्चालक विकास श्रेष्ठले भने । 

‘यो महिनादेखि व्यवसाय बन्द गर्न चाहने सदस्यले बन्द गर्छन, सञ्चालन गर्न चाहनेले सञ्चालन गर्छन तर विगतमा जस्तो अन्तिम शनिबार व्यवसाय सञ्चालन गर्नेलाई नयाँ निर्णय नभएसम्म कारवाही नगरिने’-अध्यक्ष श्रेष्ठले प्रष्ट पारे । 

कोटेश्वर व्यवसायी संघका अध्यक्ष विकास श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल, उपाध्यक्ष सरोज कुमार थापाको साथै संघका उपाध्यक्ष गोरख बहादुर थापा  र सचिव अर्जुन बस्नेतले बोलेका थिए ।  

कार्यक्रममा गतवर्षको माद्यमिक शिक्षा परिक्षा ‘एसईई’ मा उत्कृष्ट अंक ल्याएका कोटश्वरका व्यवसायीका छोरा स्वरुपराज श्रेष्ठलाई नगद ५ हजार सहित प्रमाणपत्र र समान अंक ल्याएका छोरीहरु अनामिका अर्याल र देविशा बरियालाई जनही २ हजार ५०० र प्रमाणपत्र प्रदान गरिएको थियो ।