१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बन



अ+ अ-

 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बनमा पर्नुभएको छ । उहाँविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको हो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबराले निलम्बित अवस्थामा रहेर काम गर्न नपाउने संवैधानिक व्यवस्था छ।

महाभियोगको प्रस्तावकमा नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ रहनुभएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै उहाँविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको बताइएको छ । मन्त्रिपरिषदमा भागबन्डा खोजेको तथा विभिन्न मुद्दामा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।