८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने

‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने
अ+ अ-

काठमाडौं । भारतले आफ्नो संसद् भवनमा राखेको विवादास्पद ‘अखण्ड भारत’को नक्सालाई लिएर बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ ।

ढाकामा पत्रकारसँग कुरा गर्दै बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।

उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जनाउदै बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि पनि खतरा भएकोले स्पष्टीकरण लिनुपर्ने बताए।

विदेश राज्यमन्त्री आलमको भनाइलाई उद्धृत गर्दै ढाका ट्रिब्यूनले लेखेको छ ,‘नक्सालाई लिएर व्यापक आक्रोश देखिएको छ । यसको स्थापनामा कुनै शंका छैन । यद्यपि, थप स्पष्टीकरणको लागि, हामीले दिल्लीस्थित मिसनलाई भारतको आधिकारिक धारणा के हो भनेर बुझ्नको लागि त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न भनेका छौं’।

२८ मे मा भारतको नयाँ संसद भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त नक्सा उदघाटन गरेपछि त्यसको नेपाल र पाकिस्तानमा पनि चर्को विरोध भइरहेको छ ।

चार दिने भ्रमणमा भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विषयलाई नउठाएको भन्दै संसदमा प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरिरहेको छ । यद्यपी भारतको संसद भवनमा राखिएको उक्त नक्सा अखण्ड भारतको सांस्कृतिक नक्सा भएको र समकक्षी मोदीसँग आफूले यस विषयमा कुरा उठाएको प्रधानमन्त्रीले स्पष्टिकरण दिएका थिए ।