१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक कार्की कामु प्रधानन्यायाधीश बन्दै



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपक कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् मा  महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँ वरिष्ठतम् न्यायाधीशको हैसियतमा कायममुकायम प्रधानन्यायाधीश नियुक्त हुनलाग्नुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गराएको हो । गठबन्धनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएको छ। सर्वोच्च अदालत र न्यायालयभित्रै प्रधानन्यायाधीश जबराको कार्यकालमा विकृति विसङ्गति र भ्रष्टाचार बढेको तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ ।

यसअघि विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् मा महाअभियोगको प्रस्ताव दर्ता  भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो । त्यसपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशको हैसियतले गोपाल पराजुली कायममुकायम प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो ।