२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । 

नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ चिनियाँ नागरिक लिदहिमालय एयरको उडानद्धारा काठमाडौँ आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै पक्राउ गरेको हो । 

पक्राउ लिले चारवटा पोकामा भित्री पोशाकभित्र लुकाएर उक्त सामान ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)