५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछौटे दिमागले देश बन्न सक्दैन, अग्रगामी हुनुपर्छ: योगेश भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट दिशा निर्देश नगरेको भन्दै त्यसलाई परिवर्तन गर्न सुझाव दिएका हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि विकासको भाष्य बदलेको उल्लेख गर्दै भने, ‘०५१ सालमा सामाजिक सुरक्षा भत्ता दिन थालेपछि हामीले सरकारको भाष्य बदल्यौँ। केपी ओली प्रधानमन्त्रीको बनेपछि विकासको भाष्य परिवर्तन गर्‍यौँ। तपाईँहरू विकासको भाष्यमा बहस गर्न तयार हुनुहुन्न। भएका कामहरूलाई गलत भए भनेर इतिहासका उल्टो फर्काउन खोज्नुहुन्छ। पछौटे दिमागले देश बन्न सक्दैन। अग्रगामी हुनुपर्छ।’

उनले नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै उमेर पाको भएर मात्रै नहुने भन्दै कुण्ठाले देश नबन्ने बताए।