२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै ठगी गर्नेमा मन्त्रीहरूकै संलग्नता हुनसक्छ– प्रेम सुवाल



अ+ अ-

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै ठगी गर्नेमा मन्त्रीहरूकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जापानमा ‘राजवंशी’ कोटा भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगी गर्ने काममा मन्त्रीहरूकै संलग्नता रहेको आशंका व्यक्त गरेका हुन् ।

‘जापानमा राजवंशी कोटा खुल्यो भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगि गर्ने काममा मन्त्रीहरूको संलग्नता नहोला र ?’, उनले भने, ‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्रीसहित दुईजना प्रहरी अनुसन्धानमा छन् । पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनुपर्ने होइन र ? एक पूर्वप्रधानमन्त्रीले ४ सय जनालाई भुटानी शरणार्थी बनाएर अमेरिका छिराएको सार्वजनिक रूपमै बताएको कुरा सरकारलाई थाहा छ कि छैन ?’

यस्तै, उनले भारतले हिन्दू राज्यको पक्षमा बोल्न सांसदहरूलाई पैसा पठाएको भनिएको अमेरिकी प्रतिवेदनबारे सरकारको धारणासमेत माग गरे ।