४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी र जनमोर्चाका ३५ नेता कार्यकर्ता एमाले प्रवेश



अ+ अ-

रुपन्देही । राष्ट्रिय जनमोर्चा निकट मजदुर संगठनका काठमाडौं जिल्ला अध्यक्षसहित ३५ नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

अध्यक्ष धर्म सिमाली र माओवादी केन्द्र काठमाडौं जिल्ला सदस्य जुद्धबहादुर नेपालीसहित तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेको सो पार्टीले जानकारी दिएको छ । 

उनीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् ।

दाङ स्थायी घर भएका उनीहरु राजधानीमा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका थिए ।