३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

रघुजी पन्तको प्रश्न– प्रधानमन्त्रीलाई सांसदले सोध्ने प्रश्न कसले आउट गर्‍यो ?

रघुजी पन्तको प्रश्न– प्रधानमन्त्रीलाई सांसदले सोध्ने प्रश्न कसले आउट गर्‍यो ?
अ+ अ-

काठमाडौँ । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीवार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए । प्रश्नहरु आउट भएकोमा सांसद पन्तले प्रतिनिधि सभा बैठकमै असन्तुष्टि जनाउनुभएको हो । उहाँले प्रश्न कसले आउट गरेको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरुको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चार माध्यमहरुमा आउनु अनुपयुक्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो प्रश्न कसले आउट गर्‍यो ? अरु सांसदहरुको प्रश्न कसले आउट गर्‍यो ? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्षे प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो । सांसदले त्यो प्रश्न नसोध्दै ति प्रश्नहरु अखबार र सञ्चार माध्यमहरुमा आउनु उपयुक्त हुँदैन । मैले बुझेसम्म यस्ता विषयहरु संसदको, सांसदको विशेषाधिकारसँग सम्बन्धित कुरा हुन् । यो जहाँबाट गएको भएपनि म यसलाई ठूलो इस्यु बनाउन चाहान्न । तर आइन्दा यहाँ प्रश्न सोध्नुभन्दा अगाडी सांसदले सोधिने प्रश्नहरु आउट हुनु हुँदैन । हाइस्कुलको प्रश्न आउट भएपनि, कलेजको प्रश्न आउट भएपनि, संसदको प्रश्न आउट भएपनि त्यो राम्रो मानिदैन ।’

उहाँले आगामी दिनमा यसरी प्रश्नहरु आउट नगर्न ध्यानाकर्षण समेत गराउनु भयो ।