१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः दुबै खेल बराबरीमा सकियो



अ+ अ-

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आईतबार भएका खेलमा विभागीय टोली एपिएफ र संकटाले गोल रहित बराबरी खेल्दा दिनको पहिलो खेल पनि बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपिएफले संकटासँग गोल रहित बराबरी खेलेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोली तालिकामा सम्मान जनक स्थानको अपेक्षा सहित मैदान उत्रिएका थिए । तर पाएका केही राम्रा अवसरलाई दुबै टोलीले सदुपयोग गर्न नसक्दा अंक बाँड्न पुगे ।

एपिएफ भन्दा तालिकामा माथि रहेको संकटाले सुरुआतबाट आक्रामक खेल देखाउँदै तीन अंकका लागि प्रयास गरेको थियो । तर एपिएफका विदेश गोल किपर युया कुरियामाले उत्कृष्ट खेल खेलेपछि संकटाको प्रयास धेरै पटक विफल भएको थियो । सोही क्रममा ११ औं मिनेटमा संकटाका फोडे फोफानाको प्रहार युया कुरियामाले उत्कृष्ट बचाउ गर्दै सुरुआती संकट टारेका थिए । ३५ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको कर्नरमा अर्मान्ड बिडोमको फ्रि हेडर पोस्ट माथिबाट बाहिरिँदा एपिएफले अग्रताको अवसर खेर फाल्न पुगेको थियो । 

त्यसपछिको पहिलो हाफको समयमा पनि प्रयास विफल हुँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औं मिनेटमा एपीएफका आवाश लामिछानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले आकर्षक शैलिमा बचाए । खेल सकिन १० मिनेट बाँकी रहँदा संकटाका फोफानाले गोलको सुनौलो अवसर गुमाए । लक्ष्मण रुचालको कर्नरमा अनमार्क रहेका उनको प्रहार सोझै गोलकिपरको हातमा पुगेको थियो । ८५ औं मिनेटमा एपीएफका नविन लामाको फ्रि–किक संकटाका गोलकिपरले सहजै नियन्त्रणमा लिए र बाँकी समयमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

बराबरीसँगै एपीएफले १० खेल ११ अंक जोडेको छ  ।  एपीएफ नवौं स्थानमा रहेको छ । यस्तै संकटा १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । खेलमा एपीएफका गोलकिपर कुरियामा चुनिए ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारकै अर्को खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी)ले पनि गोल रहित बराबरी खेल्दै अंक बाँडे । तालिकाको मध्यभागमा रहेका दुबै टोलीले अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । पहिलो हाफमा हिमालयन शेर्पाले दबाब दिएर खेले पनि दोस्रो हाफमा भने रक्षात्मक खेल पस्किएको थियो । अघिल्ला खेलमा औसत प्रदर्शन गरेको एनआरटीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल थियो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेल खेलेको हिमालयन शेर्पाले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने चुकेको थियो । सोही कारण दुबै टोली एक÷एक अंक बाँड्दै यस सिजनको लिगको भेट टुङ्गाएका हुन् ।

बराबरी सँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । एनआरटी लिगको सातौं स्थान रहेको छ भने हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए । 

यस सँगै सहिद स्मारक ए डिभिजन लिगमा १०औं चरणका खेल पनि सकिएका छन् । साविक विजेता मच्छिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा यथावत रहँेको छ । अब लिगमा मंगलबारबाट ११औं चरणका खेल आरम्भ हुनेछन् ।