२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिउँदा शहीद कायस्थको निधन



अ+ अ-

काठमाडौँ । जिउँदा शहीद भनेर चिनिने मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ३२ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

२०६२ चैत २७ गतेको जनआन्दोलनमा उहाँको कञ्चटमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेको थियो । तत्कालीन समयमा उहाँ १४ वर्षको हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गरिने जनाइएको छ ।

उहाँ गोली लागेपछि १७ वर्षको उमेरसम्म अर्थचेत अवस्थामा हुनुहुन्थ्यो । यद्यपि लगातारको उपचारपछि भने वायाँ हात चलाउने, खाना खाने तथा ह्विलचियरमा बस्ने अवस्थामा पुग्नुभएको थियो । तर २०७५ मा फेरि अर्धचेत भएपछि उहाँको उपचार चलिरहेको थियो ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुभएपछि ओछ्यानमा थला पर्नुभएका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उहाँ ओछ्यानबाट कहिल्यै उठ्न सक्नुभएन । परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म हुनुभएको थियो । उहाँ २०७५ असारदेखि थप बिरामी पर्नुभएको हो ।

स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उहाँको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेका लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो ।

कायस्थ पाँच वर्षयता दुब्लाउँदै जानुभएको, पहिलेजस्तो हाँस्न र बोल्न छाड्दा उहाँको परिवारलाई ‘पीरमाथि पीर’ थपिँदै गएको थियो । कायस्थ परिवारको एक्लो छोरा हुनुहुन्थ्यो । उहाँका बुबा कृष्णमानले केही महिनाअघि भन्नुभएको थियो, ‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यतिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस् ।’ कायस्थ एक वर्षदेखि बोल्न सक्नुभएको थिएन । चपाएर खाना खान नसक्ने उहाँलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएको थियो । बिरामी परेपछि भने पाइपद्वारा खानेकुरा खुवाइँदै आएको थियो ।

‘बिरामी परेयता मुकेशको दायाँ हात र दुवै गोडा थोरै मात्र चल्थे’, बुबा कृष्णमानले भन्नुभयो । उहाँको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको थियो कायस्थ परिवार । जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले कायस्थ परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो ।

पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहनुभएको थियो । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो । विसं २०६२/६३ को अनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । सो आन्दोलनमा नालाका भीमसेन दाहालले कास्कीको पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाउनुभएको थियो । उक्त आन्दोलनमा काभ्रेपलाञ्चोकका ४० जना घाइते भएका थिए ।




भर्खरै