१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले इस्पान्योलसँग २(२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

इस्पान्योलको घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै पेड्रीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । 

४० औं मिनेटमा सेर्गी डार्डरले गोल गर्दै इस्पान्योललाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दै इस्पान्योलको अग्रता २ १ पारे । खेल सकिनै लाग्दा ९०ं६ मिनेटमा लुक डि योंगले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । 

खेलको ९०ं+२ मिनेटमा इस्पान्योलका निको मेलामेड र बार्सिलोनाका जेरार्ड पिके दुबैले हेड टु हेड च्यालेन्जमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यस्तै ९०ं+६ मिनेटमा इस्पान्योलका मानु मोर्लानेसले पनि रातो कार्ड खान पुगेका थिए । 

बराबरीसँगै २३ खेलबाट ३९ अंकसहित बार्सिलोना तालिकाको चौंथो स्थानमा रहँदा २४ खेल खेलेको इस्पान्योल २८ अंकसहित १३ औं स्थानमा छ ।