एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले इस्पान्योलसँग २(२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
इस्पान्योलको घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै पेड्रीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।
४० औं मिनेटमा सेर्गी डार्डरले गोल गर्दै इस्पान्योललाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दै इस्पान्योलको अग्रता २ १ पारे । खेल सकिनै लाग्दा ९०ं६ मिनेटमा लुक डि योंगले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।
खेलको ९०ं+२ मिनेटमा इस्पान्योलका निको मेलामेड र बार्सिलोनाका जेरार्ड पिके दुबैले हेड टु हेड च्यालेन्जमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यस्तै ९०ं+६ मिनेटमा इस्पान्योलका मानु मोर्लानेसले पनि रातो कार्ड खान पुगेका थिए ।
बराबरीसँगै २३ खेलबाट ३९ अंकसहित बार्सिलोना तालिकाको चौंथो स्थानमा रहँदा २४ खेल खेलेको इस्पान्योल २८ अंकसहित १३ औं स्थानमा छ ।