१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः वल्भ्ससँग टोटेनहम पराजित, लेस्टर र वेस्टहामले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा टोटेनहम वल्भ्ससँग आफ्नै मैदानमा २-० गोलले पराजित भएको हो । 

खेलको छैटौँ मिनेटमा नै राउल जिमनेजले गोल गर्दै वल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा लिन्डर डेन्डनकरले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल वल्भ्सको पक्षमा गयो । 

जितसँगै २३ खेलबाट ३७ अंक जोड्दै वल्भ्स तालिकाको सातौं स्थानमा रहेको छ भने एक खेल कम खेलेको टोटेनहम ३६ अंकसहित आठौं स्थानमा छ । 

यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी र वेस्टहाम युनाइटेडले बराबरी खेलेका छन् । दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लेस्टरको मैदानमा भएको खेलको १० औं मिनेटमा वेस्टहामले जारोर्ड बोएनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । यता, ४५ औं मिनेटमा लेस्टरले पेनाल्टी पायो । योरी टिलेमान्सले सो अवसर खेर जान दिएनन् र खेललाई १-१ को बराबरीमा ल्याए ।

५७ औं मिनेटमा रिकार्डो पेरेइराले गोल गर्दै लेस्टरको अग्रता २-१ बनाए । तर, ९०ं+१ मिनेटमा डासनले गोल गर्दै वेस्टहामलाई हारबाट जोगाए । 

बराबरीसँगै २५ खेलबाट ४१ अंकसहित वेस्टहाम तालिकाको चौंथो स्थानमा रहँदा २२ खेलमा २७ अंकसहित लेस्टर ११ औं स्थानमा छ ।