१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल– नेपालकै सहमतिमा यसरी पास गरिँदैछ एमसिसी



अ+ अ-

काठमाडौँ । सरकारको घाँटीको एमसिसीको गलपासो अझै नस्किएको छैन । यहाँसम्म कि सत्तारुढ दल स्वयंले नि यो पास या फेल गर्ने आ–आफ्ना तौरतरिकाहरु बनाइरहेका छन् । यही बीचबाट प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस भने जसरी पनि एमसिसी पास गर्ने रणनीतिमा छ । यो गलपासोलाई संसदको यही चालू अधिवेशनबाटै टुंग्याउने ध्याउन्नमा कांग्रेस छ । त्यसो त मानिसहरु हिजो प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग पनि एमसिसी पास गर्ने प्रयोजनमै झुण्डिएको अनुमान गरिरहेका छन् । तर यो महाभियोग प्रस्ताव कहाँबाट र कसरी एमसिसीसँग जोडिन पुग्छ भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन । र आधिकारिक रुपमा सत्तारुढ दलको कसैले यस विषयमा बोलेको पनि छैन । तर पनि यतिखेर नेपालमा जारी रहेका अकस्मातका राजनीतिक खेलहरु योसँग जोडिएको अनुमान गर्न भने सकिन्छ । 

सरकारले आगामी बुधबार एमसिसी सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ । बुधबार संसदको बैठक राख्न सत्तारुढ दलहरु सहमत भएका छन् । सम्भवत यही बुधबारको बैठकमै यो सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव संसद पेश हुने अन्तिम तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अबको संसद् बैठकमा प्रस्तुत गर्ने अडान राखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि लगभग भएका बुझिएको छ । तर उनीहरु दुवै जना भने यथास्थितिमा एमसिसी सम्झौताका पक्षमा मतदान नगर्ने मनस्थितिमा छन् । दाहाल–नेपालको अडानकैबीचमा पनि यो सम्झौताले कसरी संसदमा प्रवेश पाउँछ र कसरी पास हुन्छ भन्ने विषयमा सबै जानकार भने छैनन् । 

यसबीचमा सत्ता गठबन्धन दलको बैठक बसेर एमसिसी सम्झौता संसद्मा ‘टेबल’ गर्ने विषयमा औपचारिक सहमति भएको कांग्रेसका वरिष्ठ नेताहरुकै दाबी रहँदै आएको छ । प्रधानमन्त्री देउवाले ‘अब म एमसीसी रोक्न सक्दिनँ । ठूलो दबाब छ,’ भनेर शीर्ष नेताबीच शनिबार भएको बैठकमा देउवाले भनेपछि यो प्रक्रिया अब अघि बढ्ने पक्का नै भएको सो समाचार स्रोतको दाबी छ । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले सबै दलको सहमतिमा सम्झौता अनुमोदन गर्ने वातावरण बनाएर संसद्मा टेबल गर्न प्रधानमन्त्रीलाई बारम्बार सुझाएका थिए । तर ती कुनै पनि विकल्मा प्रधानमन्त्री देउवा तयार देखिएनन् । उनी केबल यो एमसिसी सम्झौता संसदमा प्रवेश गराउन चाहन्छन् । 

‘बुधबारको बैठकमा एमसीसी टेबल गर्ने विषयमा दाहाल र नेपाल सकारात्मक देखिएको प्रधानमन्त्रीनिकट स्रोतले भनेको छ । तर यस सम्झौताको अनुमोदनका लागि पनि मध्यमार्गी उपाय खोज्न सत्ता गठबन्धनमा छलफल भइरहेको स्रोतले बतायो । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठकमा एमसीसी सम्झौता र अवरुद्ध संसद्का विषयमा खुला छलफल चलाउने तयारी गरेका छन ।

सभामुख संसदमा पेश गर्न तयार त भए तर पास कसरी हुन्छ त ? संसदमा सम्झौता टेबल गरेपछि सम्भवत माओवादी र नेकपा एस त्यो संसद बैठक बहिस्कार गर्नसक्ने बताउँछन् । अनुमोदन गर्ने क्रममा माओवादी र एकीकृत समाजवादी अनुपस्थित भइदिने सम्भावना छ । उनीहरू अनुपस्थित भए उपस्थित सांसदको बहुमतबाट सम्झौता अनुमोदन गर्न सकिने विश्वास प्रधानमन्त्री देउवाको छ ।

यो सम्झौता अनुमोदनका लागि संसदको बहुमत चाहिँदैन, संसदमा उपस्थित सदस्य संख्याको बहुमत भए पुग्छ । त्यसैले यसरी यो सम्झौता संसदबाट अनुमोदन हुने क्रममा अघि बढ्दैछ भन्छ कंग्रेस निकट स्रोत । तर प्रधानमन्त्री देउवा भने एमालेले एमसिसी सम्झौताकै पक्षमा मतदान गर्छ भन्नेमा ढुक्क छन् । आफैं प्रधानमन्त्री हुँदा चार वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुमोदन प्रक्रियाका लागि सम्झौतालाई संसद् पु¥याएका थिए । तत्कालीन नेकपाभित्र चर्को विरोध हुँदा सम्झौता संसद्मा पेश हुन सकेको थिएन । तर अब पेश भएपछि एमालेले मतदान गर्नेमा प्रधानमन्त्री ढुक्क छन् । 

इदि त्यसो भयो भने एमसिसी अनुमोदन गराउने विषयलाई लिएर सत्ता गठबन्धनको भविष्यमाथिको अन्योल पनि हट्न सक्छ । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसी सम्झौताकै कारण सत्ताबाट बाहिरिए के गर्ने भन्ने सोचेरै प्रधानमन्त्री देउवाले पटक पटकसम्म एमाले अध्यक्ष ओलीसँग पनि संवाद बढाएका थिए । ओलीले धेरै अघिदेखि नै गठबन्धन तोडे सरकारलाई बाहिरबाट निःसर्त सहयोग र समर्थन जनाउने बताउँदै आएका पनि छन् । उनले केही समयअघि प्रधानमन्त्री देउवासँगकै भेटमा पनि यस्तो प्रस्ताव गरेका बताइएको थियो । त्यसैले यदि यसरी संसदबाट यो परियोजना पारित भएमा गठबन्धनमा घुनपुत्लो नलाग्न पनि सक्छ ।

तर एमालेका एक वरिष्ठ नेता भन्छन्– यति सीधा बाटोबाट राजनीति अघि नबढ्ने दाबी गर्छन् । उनको तर्क छ– आफ्नै सरकारले संसदमा प्रस्तुत गरेको प्रस्ताव बहिस्कार गर्ने पार्टी कुन नाकले सरकारमै बसिरहन मिल्ला ? एमाले एमसिसीका विपक्षमा नउभिएकाले उसले संसदमा मतदान गर्न पनि सक्ने उनले बताए । यदि त्यसो भयो भने यो सम्झौताले गठबन्धनबाट माओवादी र नेकपा एसलाई बाहिर र एमालेलाई सत्ता गठबन्धनको भित्र पार्न पनि सक्ने उनको तर्क छ ।