२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा २५ करोड लगानीमा आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुमा रु २५ करोड लगानीमा चिस्यान केन्द्र (कोल्ड स्टोरेज) सञ्चालनमा ल्याइएको छ । बुद्धभूमि नगरपालिका–१० मा करिब डेढ बिघा जग्गामा युवा व्यवसायी आशीष शर्माले २५ सय टन क्षमताको आधुनिक प्रविधियुक्त मोडिफाइड एटमोसफेर कोल्ड स्टोरेज सञ्चालनमा ल्याउनुभएको हो ।

नेपालकै आधुनिक उक्त कोल्ड स्टोरेज पूर्ण क्षमतामा आउँदा करिब ८० जना श्रमिकले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । शर्माका अनुसार किासनको तरकारीलाई केही समय स्टोरेज गर्दा उत्पादनलाई कम मूल्इमा विक्री गर्नुपर्ने समस्या समाधान हुनेछ ।

शर्माले उक्त कोल्ड स्टोरेजमा तापक्रम, आद्रता, अक्सिजन, कार्बनडाइअक्साइड र एथेलिन व्यवस्थापनको क्षमता रहेकाले नेपालकै आधुनिक कोल्ड स्टोरेज भएको दाबी गर्नुभएको छ । उहाँले कोल्डस्टोरेजमा रहेका आठवटा चेम्बरलाई तरकारी, कृषिउपज र फ्रुजन ९स्विट कोर्न, मटर कोसा र फिंगर चिप्स० लाई जीवन अवधि बढाउन मिल्ने गरी तयार पारिएको जानकारी दिनुभयो । ती सामग्रीलाई व्यवस्थापन गर्न अटोमेटिक मेसिनद्वारा फ्रुजन चेम्बरको प्रविधिसहित शून्य डिग्रीदेखि माइनस २५ डिग्रीसम्मको तापक्रम व्यवस्थापन गरिएको छ ।

अहिले स्टोरेजमा ६ सय टन मुस्ताङ र काभ्रेको पाँचखाल आलु भण्डारण गरिएको छ । त्यस्तै १४ सय टन आलु, एक सय १५ टन गाँजरसँगै प्याज, बन्दा, अंगुर र फ्रुजनहरु भण्डारण गरिएको शर्माले जानकारी दिनुभयो । स्टोरेजमा अदुवा, लसुन, प्याज, गोलभेँडा, गाँजर र अंगुर जस्ता चाँडै बिग्रिने तरकारी र फलफूल भण्डार गर्न सकिन्छ ।

शर्माले स्थानीयस्तरमा उत्पादन हुने तरकारी भण्डारण अभावमा कम मूल्यमा बेच्नुपर्ने र भारतबाट आयातित तरकारीसमेत चिस्यान व्यवस्थापन नहुँदा २० प्रतिशत बिग्रने समस्या देखेपछि आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा ल्याएको बताउनुभयो ।

स्टोरेज खोल्नुअघि यस विषयमा अध्ययन गर्न आफू भारतका विभिन्न स्थानका ४५ वटा कोल्ड स्टोरेजमा पुगेको जानकारी दिनुभयो ।