४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै

आर्थिक संकट समाधानको लागि बाँदर निर्यात गर्न काँग्रेसका उपसभापति गुरुङको प्रस्ताव

आर्थिक संकट समाधानको लागि बाँदर निर्यात गर्न काँग्रेसका उपसभापति गुरुङको प्रस्ताव
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ ।

गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताउनु भयो । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राख्नु भयो । उहाँले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले हामी पनि अप्ठयारोमा परेका छौं । हामी निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छौं । मुलुक आर्थिक महासंकटमा परेको छ । हामीले पनि यहाँ यी समस्याको समाधान खोज्नै पर्दछ । तर, समाधानको उपाय खोज्ने क्रममा अहिले हामी आर्थिक महासंकटबाट गुज्रिएको नाममा पूँजीगत खर्च भारी रुपमा कटौति गर्न खोजिएको आभास भएको छ ।’

‘पूँजीगत खर्च कटौति गरेर उभोगतितिर लैजान सकिदैन सभामुख महोदय । संकट मोचनका उपायहरु खोजौं । संकटमोचन गरौं सभामुख महोदय । अष्ट्रेलिया विकसित मुलुक हो । त्यहाँको राष्ट्रिय जनावर कंगारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौं कंगारुहरु मार्दैछ । कंगारुको छाला निर्यात गर्दैछन । र, त्यसको माशु पनि प्रयोगमा ल्याउँदैछ । श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ । बाँदर आतंक फैलिएको छ । हामीले भन्दैछौं–खेतबारी बाँझो राख्नु हुँदैन । कृषिमा आधुनिकीकरण गरौं ।’

‘कृषिमा बैज्ञानिकीकरण गरौं । हामी एकातिर भन्दैछौं । अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । यसो गरे कसो होला सभामुख महोदय कि हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरबादीहरु चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ । तैपनि बाँदर आतंकलाई अन्त्य गर्र्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै हुन्छ जस्तो लाग्दछ सभामुख महोदय ।’

‘संकटमोचनका लागि सत्तापक्ष र प्रतिपक्ष हुँदैन । यो महासंकट हो सभामुख महोदय । त्यसैले म भन्दैछु कि हामीले सत्तापक्ष वा प्रतिपक्ष भएर यस सन्दर्भमा बाँडिनु हुँदैन भन्ने मलाई लाग्दछ । त्यही भएर निवेदन गर्न चाहन्छु सभामुख महोदय कि हामी आफैं बदलिएर काम गर्नु पर्दछ । जब हामी आफैं बदलिएर काम गर्न सक्दैनौं, हामीले समस्याका समाधानहरु पनि गर्न सक्दैनौं । बदलाको भाव लिएर होइन, हामी बदलिएर काम गर्न आवश्यक छ । सत्तापक्ष र प्रतिपक्षको भाव राखेर होइन, कि यो महासंकटमा एक ठाउँमा उभिएर काम गर्नुछ । ’

उपसभापति गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा संचालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको पटकपटक दोहो¥याउनु भयो ।