• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

संसदमा सांसदहरुले उठाएका प्रश्नहरु वेबसाईटमा राख्न तोसिमाको माग



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाईटमा राख्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।

संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उहाँले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्नेगरी वेबसाईटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भएको हो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहो¥याउनु भयो । उहाँले ललितपुरमा स्वास्थ्य विमा, स्वास्थ्यकर्मीहरुको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।

सांसद कार्कीले भन्नु भयो, ‘हामी संसदमा आईपुग्न निर्वाचनमा अर्बौ खर्च हुन्छ । एक दिनको संसद बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्ष भन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ–७ दिन भित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ ।’

‘तर, खैं ललितपुरमा स्वास्थ्य विमा कहिले आउँछ ? नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरुको जवाफ आएन । यो सदन हामी सांसदहरुको भन्दा पनि सार्वभौम नेपाली जनताको बढि हो । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के–के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरुको अवस्था के छन ? आम नागरिकले हेर्ने गरी वेबसाईटमा राख्ने व्यवस्था मिलाइयोस् ।’

सांसद कार्कीले सरकारका मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति समेत जनाउनु भयो ।