२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो समय लोकतन्त्रको गलत अभ्यास भयोः नेता भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा जनमतको कदर हुन नसकेको बताउनु भयो । उहाँले अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी गर्नुभयो । उहाँले जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसदमा ठूलो रहेको पार्टी सहयोगीको भुमिका रहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको बताउनु भयो । उहाँले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतिलाई पार लगाउन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गरेको पछिल्लो अभ्यास । लोकतन्त्रमा जनमतको कदर हुन्छ । लोकतन्त्रमा जनमतलाई सत्कार गरिन्छ । आदर र नमन गरिन्छ । तर अहिलेको हाम्रो अभ्यासले त्यो काम गरेको छ की छैन ? हामीमाथि प्रश्न उठाइरहेको छ, लोकतन्त्रले गणतन्त्रले ? हाम्रो अभ्यास गलत छ । हामीले जुन यो पछिल्लो अभ्यास गरेका छौँ, जनमत एउटा छ । जनमतले नेकपा एमालेलाई जनताको रोजाईको पहिलो पार्टी नेपालको नेकपा एमाले हो । संसद भित्र नेपाली काँग्रेस छ, आज देशको जिम्मेवारी कसले लिने ?

नेपाली काँग्रेस सहयोगीको भुमिकामा छ, सरकारमा । नेपाली काँग्रेस संसदभित्र ठूलो पार्टी हुँदाहुँदै पनि सहयोगीको भुमिकामा छ । नेकपा एमाले प्रतिपक्षको भुमिकामा छ । यो हाम्रो गलत अभ्यास हो । तमाम चुनौतिहरु छन् । संसदको ठूलो दल सहयोगीको भुमिकामा, जनताले रोजेको सबैभन्दा ठूलो तागत प्रतिपक्षमा छ, अनि यो ठूलो संकट पार लगाउन सक्छौँ । मुख्य शक्तिको काँधमा जिम्मेवारी नै छैन, कसरी लोकतन्त्र बलियो बनाउने ? यो गम्भीर प्रश्न छ । काँग्रेसको हालत टेको लगाएर रहनुपर्ने अवस्था आएको छ । टेको बिना उभिन नसक्ने काँग्रेस भयो । किन भयो, युवाहरुले सोच्नुपर्ने बेला भयो । काँग्रेसको व्यवहार, संगठन, राजनीति ठिक छ की छैन ? यसबारे सोच्नुपर्छ ।’

नेता भट्टराईले नेपाली काँग्रेस टेको बिा उभिनै नसक्ने स्थितिमा पुगिसकेको बताउनु भयो ।