२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभाको किमाथांका नाका सञ्चालन गर्नेकुरा पहिलो प्राथमिकतामा छ: मन्त्री साउद



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ ।

आईतवार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारस्ँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमकितामा राख्ने बताउनु भयो । उहाँले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दुरीको माध्यम बन्ने बताउनु भयो । उहाँले चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘किमाथांका नाकाको बारेमा भन्नुभएको छ, यो महत्वपूर्ण नाका छ । उत्तरतिरको पूर्वतिरको व्यपारका लागि अत्यन्तै महत्वपूर्ण नाकाका रुपमा रही आएको छ । दुई देशको सम्बन्ध र व्यापारका रुपमा प्रयोग हुँदै आएको छ । नाका खोल्नका लागि अहिले चीन सरकारसँग छलफल भइरहेको छ, यसलाई उच्च प्राथमिकता दिनेछु ।’

जिल्लाका प्रतिनिधिहरुले नेपालका लागि व्यवसायिक हिसावमा चीनसँगको नाकाहरु महत्वपूर्ण भएकाले सबै नाकाहरु खुलाउन समेत पहल गर्न आग्रह गरेका छन् । पहिचानमा रहेका थोरै सीमानाकाहरु मध्ये संखुवासभा जिल्लास्थित उत्तरको नाका किमाथांकालाई खुलाउन विशेष जोड गर्न आग्रह गरेका छन् ।




भर्खरै