२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानविन गर्ने हो भने नेता जति सबै पालैपालो जेल जान्छन्– विप्लव



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताउनुभएको छ ।

आईतवार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहश कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताउनुभएको हो ।

उहाँले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको बताउनु भयो । उहाँले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताउनु भयो । महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताउनु भयो । सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उहाँले बताउनु भयो । उहाँले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘०६४/०६५ पछि म के देख्छु भने हरेक संगठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो । विद्यार्थी संगठनको नेता अध्यक्ष बन्ने भनेको काठमाडौंमा घर हाल्न पाउने हो भनेको जस्तो बन्न गयो । जो अहिले भर्खर लोकसेवाबाट कुनै अफिसरमा नाम निकाल्यो भनेपनि उसले भर्खर काठमाडौंमा घरको सपना देख्दैन । भविष्यमा चाहीँ देख्छ । तर अहिले नेपालका प्रायजसो ट्रेड युनियनहरु या संगठनहरु के छन् भन्दाखेरी, त्यहाँ किन त्यत्रो प्रतिष्पर्धा हुन्छ भन्दाखेरी एउटा पाटो के छ भन्दाखेरी नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने टाइपको बन्यो । त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरुले त सिक्ने हो ।’

‘नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु तयार हुन्थे । मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउछ, उसले उसलाई लगाउँछ उहाँहरुको कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो । नेपालको समस्या भनेको भ्रष्टाचारकै समस्या हो ।’

भ्रष्टाचारको समस्या भनेको राजनीतिक परिवर्तन भएन भन्ने हो । खोइ त परिवर्तन ? यथार्थ राजनीतिक परिवर्तन भनेको त आर्थिक परिवर्तन हो । मन्त्री हुने, सांसद हुने त्यहाँ मात्रै झुत्ति खेलिरहेको छ मान्छेले । त्यो परिवर्तन नै होइन । नेपालको जनतालाई चाहिएको परिवर्तन त आर्थिक जिवन पद्धतीमा हो नि । त्यसलाई पुरानै ठाउँमा झन भ्रष्टिकरण गर्ने । अनि राज्यमा ठूल्ठूला डंका पिटेर के काम छ त ? औचित्य छैन । राजनीतिक क्षेत्रमा भ्रष्टिकरण सुरु भएपछि त्यसले सबैतिर हानेको छ । अहिले विद्यार्थी संगठनमा पनि त्यो पसेको साँचो हो । कुनै पार्टीको अध्यक्ष निस्किएर आफ्नो विद्यार्थीलाई भन्न सक्छ तिमी भ्रष्टाचार नगर भनेर ? कहीँ प्रशिक्षण सुन्नुभएको छ तपाईहरुले कुनै नेताले दिएको छ भ्रष्टाचार नगर भनेर अहिले ? कसैले दिन सक्दैन । बरु अर्कोलाई आरोप लगाएर आफु फुत्किने दाउ मात्रै खोज्छ । यो नेपालको राजनीतिक आन्दोलनको सबभन्दा बिडम्बना हो ।’

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताउनु भयो । उहाँले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गर्नुभयो । उहाँले शिक्षालाई उत्पादनसँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।