१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाभियोग विरुद्ध निर्णय गर्ने जिम्मेवारी एमाले शीर्ष नेतृत्वलाई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको बैठकले  महाभियोगको प्रस्ताव स्थानीय तहको निर्वाचनलाई सार्ने तथा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) लाई जसरी पनि पारित गर्ने नियतले ल्याइएको निष्कर्ष निकालेको सो दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

 उहाँले एमालेले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा वस्तुस्थिति विश्लेषण गरेर शीर्ष नेताले निर्णय लिने र आवश्यक पर्दा प्रयोग गर्ने गरी सांसद्हरुको हस्ताक्षर सङ्कलन भइरहेको पनि जानकारी दिनुभयो । बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले एमसिसीबारे सत्ता गठबन्धनको एकीकृत धारणा आएपछि उचित समयमा एमालेले त्यसबारे देश र जनताका पक्षमा आफ्नो धारणा दिने स्पष्ट पानुभएको थियो । एमालेले आफ्ना १४ सांसदलाई कारबाहीका  लागि गरिएको सिफारिस लागू नभएकामा संसद् बैठकमा विरोध जनाउँदै आएको छ । रासस