२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि भन्छु म कहिल्यै माओबादी थिइन र छैन पनि ! : राघवलाल वैद्य



अ+ अ-

काठमाडौ । प्रतिनिधिसभा बिघटनको मुद्दामा सर्बोच्च अदालतमा  ‘एमिकस क्यूरी’ सिफारिस हुनुभएका बरिष्ठ अधिबक्ता राघवलाल वैद्यले आफू माथी संञ्चारक्षेत्र र केही कानून व्यवसायीबाट निष्पक्ष रायकोबारेमा प्रश्न उठेपछि प्रष्टिकरण दिनुभएको छ ।

बरिष्ठ अधिबक्ता बैद्यले आफू रहरले नभै नेपाल बार एशोसिएसनले सिफरिस गरेको जनाउदै स्वतन्त्र, तटस्थ र इमानवाला साथीलाइ छोड्न तयार रहेको जानकारी गराउनु भएको छ । बैद्यले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

मेरो कुनै मुद्दा छैन कुनै अदालतमा ! रह्यो  माओबादीबाट  म परेको भन्ने कुरा जिन्दगी भर कुनै पार्टी वा तिनको भातृ सङ्गठनको समेत कहिल्यै कुनै सदस्य  लिईन  र दलाली गरिएन, महान्यायाधिबक्ता हुँदा पनि स्वतन्त्र आज पनि स्वतन्त्र छु, अरु त अरु यो १२ बर्षको बीच मैले कुनै माओबादी नेतासङ्ग भेटेको पनि छैन, प्रचण्डजी पछि फेरि प्रम हुँदा र जाँदा दुई चोटि  बाहेक उहाँ सङ्ग न फोन न भेट भो ! फेरि भन्छु म कहिल्यै माओबादी थिइन र छैन पनि ! अदालत र न्यायाधिशको उतिबेला पुतला दहन हुँदा र नारा जुलुस हुँदा महान्यायाधिबक्ताको पदिय हैसियतलाई दाउमा राखेर पत्रकार बोलाइ बक्तब्य निकालेको कुरा थाहा नभए सोधि हिड्नु होला  I

उतिबेलाको सरकारमा पनि अहिले सरकारमा जुन पार्टीको हुनुहुन्छ । उहीँ उहीँ नै हुनु हुन्थ्यो, एउटा कुरा राम्रो हेक्का राखु पर्ने चै महान्यायधिबक्ता सरकारको कानूनी सल्लाहकार हो, ब्यक्ती प्र म को त देखिने नदेखिने छुट्टै कानूनी सल्लाहकार थिए र छन् अहिले पनि त्यो पनि तलबी नै ! एमिकसक्युरि मेरो रहर चै होइन, मैले छोडेर चित्त बुझ्ने भए स्वतन्त्र, तटस्थ र इमानवाला साथिलाइ छोड्न म त तैयारै छु I मैले न्यायीक क्षेत्रमा विभिन्न हैसियतले बिताएका ४७ बर्षमा इमान र निष्पक्षता आज पनि र भोलि पनि दुरुस्त छ, हुनेछ ! कृपया अब्बल र स्वतन्त्र ब्यबसायी खोजे हुन्छ, म बार पदाधिकारीसंग कुरा गर्छु आजै, नाफाको यो पछिल्लो जीवन जसरी बिताएको छु, बितिहाल्छ ! तपाइको महान खोज र खोटको सन्दर्भमा यत्ती !  धन्यबाद I