२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरमा २६०७ जनामा संक्रमण, ३९ को मृत्यु, २१४१ ले जिते कोरोना



अ+ अ-

काठमाडौं । गत २४ घण्टामा कोरोनाका कारण ३९ जनाको मृत्यु भएको छ। यस्तै देशभर जम्मा १२ हजार ४८४ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २६०७ जनामा संक्रमण पुष्टि भएको छ। 

गत २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या २१४१ रहेको छ। यस्तै कुल संक्रमितमध्ये उपत्यकामा मात्रै ५७० जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौंमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना रहेका छन्।