२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको तौल बारे वैज्ञानिकहरुले गरे यस्तो खुलासा



अ+ अ-

काठमाडौं । हालै विश्वकै लागि संकट कोरोना भाइरसको तौल वैज्ञानिकहरुले पत्ता लगाएका छन् । इजरायलको वीजमैन इस्टिट्युट अफ साइन्सका वैज्ञानिकहरुले कोरोना भाइरसको वजन पत्ता लगाएको दाबी गरेका हुन् ।

वैज्ञानिकहरुले पुरै विश्वमा फैलिएको कोरोना भाइरसको तौलको गणना गरेको जनाएका छन् । वैज्ञानिकहरुको अनुसार विश्वमा पछिल्लो समयमा भएको कोरोना भाइरसको तौल ०.१ देखि १० किलोग्राम सम्म हुन्छ । 

वैज्ञानिकहरुले यो अनुमान संक्रमितको संख्याको आधारमा पत्ता लगाएको उनीहरुहको दाबीसंगै अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको तौल कम भएपनि खतरा भने बराबर हुने बताएका छन् । 

हाल विश्वमा हाल १७.३ प्रतिशत भन्दा बढी कोरोना संक्रमित छन् र ३७ लाख भन्दा धेरैले ज्यान गुमाईसकेका छन् । यो अनुसन्धान प्रोसोडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित भइसकको छ ।

अनुसन्धानमा सम्लग्न प्रोफेसर मिलोको अनुसार कोभिड–१९ भाइरस संक्रमित बाँदरबाट कोरोनाको वजन पत्ता लगाउन सुरु गरेका हुन् । उनको अनुसार बाँदरको फोक्सो, टन्सिल र पाचन प्रणालीमा भाइरसको मात्रा नापेका थिए । यसपछि उनीहरुले भाइरसको कण निकालेर प्रतिग्रामको हिसाबले गणना गरे । सोही कणलाई फेरी मानिससँग तुलना गरेर पत्ता लगाएकोे दाबी गरेका छन् । 

उनीहरुको अनुसार कम तौलको अर्थ कोरोनाको असर कम भएको समय र १० किलो तौल हुँदा भाइरसको असर धेरै भएको समय हो । एकजना कोरोना संक्रमित हुँदा धेरै कणहरु एक आपसमा मिलेर एक माइक्रोग्रामदेखि १० माइक्रोग्राम सम्मको कण बनेका हुन्छन् ।