काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सदस्यताका कारण पार्टीको आसन्न महाधिवेशन नरोकिने बताएका छन् । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका लेखकले पार्टीले दिएको जिम्मेवारी अनुसार तोकिएको मितिमा क्रियाशील सदस्यता टुंगो लगाउने बताएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक लेखकले उनले असार ६ गतेसम्म क्रियाशील सदस्यताउपर उजुरी आह्वान गरिएको भन्दै मापदण्ड अनुसार सबै जिल्ला र क्षेत्रको सदस्यता टुंगो लाग्ने बताए ।
महाधिवेशन सार्ने अवस्था नरहेको भन्दै लेखकले महाधिवेशन सम्पन्न गर्न पार्टीका सबै तहको समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।