२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा मात्रै सङ्क्रमित दुई लाख नाघ्यो, सक्रिय संक्रमित कति ?



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्लामा कोरोना भाइरसका कुल सङ्क्रमितको संख्या दुई लाख नाघेको छ । देशभरि कुल सङ्क्रमितको एक तिहाइ काठमाडौं जिल्लामा पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा काठमाडौं जिल्लामा ४१७ सङ्क्रमित थपिएसंगै हालसम्म काठमाडौंमा सङ्क्रमित हुने दुई लाख ४९६ पुगेको छ ।  

कठमाडौंमा हाल सात हजार १३५ जना कोरोना भाइरसका संक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौंमा एक लाख ९१ हजार ५६४ जना कोरोनामुक्त भएका छन् ।

कोरोना सङ्क्रमणबाट काठमाडौंमा मात्रै एक हजार ७९७ जनाले ज्यान गुमाएका छन् ।