२२ असार २०८३, सोमबार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालको निधन



अ+ अ-

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालको आज बिहान निधन भएको छ । सतासी वर्षीय रिसालको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा निमोनियाबाट निधन भएको परिवारले स्रोतले जनाएको छ ।

उहाँको जन्म विसं १९९१ पुसमा ललितपुरमा भएको थियो । विसं २०१५ मा अर्थ मन्त्रालयमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गर्नुभएका उहाँले २०४९ मा लोेकसेवा आयोगको सचिवबाट उमेर हदबाट अनिवार्य अवकाश लिनुभएको थियो ।  

उहाँ ललितपुरको भैंसेपाटीस्थित जन उदय माध्यमिक विद्यालयका एक संस्थापक हुनुहुन्थ्यो । उहाँ जावलाखेलस्थित सत्संग परिवारको पूर्व अध्यक्ष समेत रहनुभएको थियो ।        

निजामती कर्मचारीका अतिरिक्त उहाँ साहित्य र लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । 

उहाँका नेपाल भाषा र व्याकरण, भावनाको लहर, तीनधाम यात्रा, ज्ञानदर्पण, प्रश्न उपदेश, अमेरिकालाई हेर्दा, श्रीकृष्णलीला, नेपालको आर्थिक विकासलाई सम्झँदा, भावनात्मक अभिव्यक्ति, शिक्षा र राष्ट्रियता, प्रशासनिक गति र राजनीति, बालविनोद, वाग्मतीः काठमाडौँ सभ्यताको मुहान तथा तथ्यबोध र हाम्रो देशको चिनारी खण्डकाव्य (अङ्ग्रेजीमा पनि) लगायत करीब दुई दर्जन कृति प्रकाशित छन् ।     

उहाँको आजै परिवारको सहभागितामा पशुपतिमा अन्त्येष्टि गरिएको छ । उहाँका एक छोरा हुनुहुन्छ । रासस