१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल



अ+ अ-

काठमाडौँ । भ्यालेन्टाइनको दिन पारेर फिल्म ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो । चरित्रमा बेनिशा सुन्दर देखिएकी छिन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए ।

‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौँ । अवस्था अनुकुल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौँ,’ परिच्छेदले भने । यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।