काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ ।
लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने ठहर गर्दै कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको हो ।
कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ । ‘
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । जसअनुसार साउन १२ गते वडा अधिवेशन हुनेछ भने भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेछ ।