२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : अर्जेन्टिनाद्वारा उरूग्वे पराजित



अ+ अ-

ब्राजिलमा जारी कोपा अमेरिकामा लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनाले शसक्त टीम उरूग्वेलाई पराजित गरेको छ ।

नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि एकमात्र गोल पहिलो हाफको १२ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेका थिए । यसका लागि मेस्सीले राम्रो अवसर सिर्जना गरिदिएका थिए ।

त्यसपछि खेल अवधिभर थप गोल हुन सकेन । दुबै टिमले लगातार आक्रमण गरेर सुन्दर अवसर सिर्जना गरेका थिए । उरूग्वेको टिममा पनि एडिन्सन काभानी, लुइस सुवारेज, गोडिन जस्ता प्रतिभावान् खेलाडी थिए ।

कोपामा यस अघिको खेलमा अर्जेन्टिनाले पेरूसँग १-१ को बराबरी खेलेको थियो । यस समूहमा अब अर्जेन्टनाले ४ अंक बनाएको छ ।