१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गर्नुपर्ने कांग्रेस संसदीय दलको बैठकको निष्कर्ष



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा एमसीसी नेपालको हितमा रहेको र टेबल गर्नुपर्ने  निष्कर्ष निकालेको हो। 

बैठकमा कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्नुपर्ने धारणा राख्नुभएको थियो। 

‘विकास परियोजना हो। एमसीसीको बारेमा धेरै भ्रम छर्नुपर्दैन। पास गर्नुपर्छ।’ उहाँले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो। 

कांग्रेस नेता शशांक कोइरालाले बैठकबाट बाहिरिने क्रममा भन्नुभयो, ‘बैठकमा एमसीसी नेपालको लागि राम्रो हो भनेर रामशरण महतबाट ब्रिफिङ भयो । नौ वटा देशमा अमेरिकाका सेनाहरु पनि आएका छैनन्। सम्भवतः भोलिको बैठकमा एमसीसी पेस हुन्छ। एमसीसी पारित हुनुपर्छ भन्ने नै आजको बैठकको मुल निष्कर्ष हो।’ 

यस्तै, पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने प्रस्ट पार्नुभयो।

भोलि बस्ने संसद बैठकमा एमसीसी पारित गर्ने सरकारको तयारी छ।