७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन

कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने मिटरब्याज पीडितको घोषणा

कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने मिटरब्याज पीडितको घोषणा
अ+ अ-

काठमाडौं । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पीडितहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।  सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउपुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग राखेका छन् ।

सर्लाहीबाट हिजो (सोमबार) काठमाडौं आएका पीडित चन्द कुशवाहाले सरकारले पीडितको पक्षमा गरेका कुनैपनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको बताए । सरकारले २०७८ साल असोज १ गते पीडितहरुसँग गरेको कुनैपनि सहमति कार्यान्वयनमा चासो नदेखाएको पीडितहरुको आरोप छ ।

‘२०७८ असोज १ गते मिटरब्याजी ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्षलगायतको हाम्रो टोली गएर सरकारसँग पाँच बुँदे सम्झौता गरेको थियो । उक्त पाँच बुँदे सम्झौतामा सरकारले आजसम्म कुनै पहल र चासो दिएको देखिएन,’– उनले भने ।

उक्त समयमा सरकारले गठन गरेको कार्यदलले पीडितको बस्तीमा पुगे अतिनै राम्रो प्रतिवेदन बनाएर सरकारलाई पेश गरेपनि कानुन अभावका कारण कार्यान्वयन नभएको उनको दाबी छ । पीडितलाई न्याय दिनका लागि तत्काल भएका कानुन संशोधन र आवश्यक कानुन बनाउनुको विकल्प नभएको उनको भनाई छ ।

‘उहाँहरुले एउटा कार्यदल त गठन गर्नुभयो । कार्यदलले गाउँ–गाउँमा गएर हाम्रो समस्या बुझेर अति नै राम्रो प्रतिवेदन सरकारलाई बुझायो । प्रतिवेदनलाई हामी पीडितहरुले स्वागत पनि गर्यौं । प्रतिवेदनमा सबैभन्दा ठूलो कुरा कानुन परिमार्जन गर्नुपर्ने थियो । मिटरब्याज पीडितहरुको पक्षमा वकिलले वकालत गरिदिनका लागि, न्यायाधीशले फैसला गरिदिनका लागि कानुन अपुग छ । त्यो सरकारले बनाइदिनपर्ने थियो । आजसम्म सरकार त्यतातिर ध्यानै दिएन,’– उनले भने ।

नेपालमा रहेका जतिपनि मिटरब्याज पीडितले आफूलेजस्तो संघर्ष गर्न नपरोस् भनेर आफूहरुले संघर्ष जारी राखेको उनको भनाई थियो ।
मिटरब्याज पीडित पुनम महतोले पीडितहरुलाई नै थुनामा पठाउन जारी भएको पक्राउ पुर्जी खारेज गर्न सरकारसँग माग गरिन् । थुनामा रहेका पीडितको रिहाइका लागि पहल गर्नपनि उनले सकारलाई आग्रह गरिन् । पीडित जनताले अदालतबाटसमेत न्याय नपाएको उनको आरोप छ ।
‘जसलाई सरकारले जेलको (थुनामा पठाउन) पत्र काटेको छ । सरकारले आदेश दिएर त्यो रोकिदिन पर्यो । जेलभित्र भएकालाई रिहा गरिदिनुपर्यो । मिटरब्याजी पीडित दिदी बहिनीहरु धेरै जेलमा छन् । पीडित जेलमा छ । पीडक बाहिर छ,’– उनले भनिन् ।

त्यसैगरी, पीडित रुकमणि चौधरीले आफू श्याम परदेशीका कारण पीडित बन्नुपरेको बताईन् । सरकारले श्यामलाई जेलमा राखेरपनि आफूहरुले न्यायको महशुस नगरेको उनको भनाई छ ।सरकार मिटरब्याज पीडितको पक्षमा गम्भीर नभएको उनले बताईन् । सरकारले न्याय नदिएसम्म आफूहरु काठमाडौं छाडेर नजाने पनि उनले उद्घोष गरिन् ।

अर्का पीडित शिवशंकर महतोले अहिले सरकारका कुनै पनि संयन्त्रले काम नगरेको टिप्पणी गरे । सरकारले पीडितको पक्षमा काम गर्न नसकेको उनले बताए । पीडितहरुको पक्षमा धमाधम पक्राउ पुर्जी आइरहँदा पनि सकारले यसलाई रोक्ने र पीडितलाई न्याय दिने पक्षमा कुनै कदम नचालेको उनको आरोप छ । सरकारले केही दिनअघि मिटरब्याज पीडितको नाममा वाईसिएलका नेतासँग सम्झौता गरेको बताए । तर, उक्त संम्झौता कार्यान्वयन हुनै नसक्ने उनले बताए । ‘अस्तिमात्रै एउटा टिमले जो वाईसिएलको इन्चार्ज छ, ऊ सँग सम्झौता गरेको छ । सम्झौतामात्रै गर्ने की पालना पनि गर्ने ? अहिले गरिवहरुलाई पक्राउ पुर्जी जारी छ । एक लाख लिएको पाँच लाखको कपाली भएको छ । उनीहरुको थोरै भएको सम्पत्ति पनि लिलाम भइरहेको छ । मिटरब्याजलाई अपराध घोषणा गरेको छ । सरकारले अपराधीलाई कारबाही गर्न पर्दैन्?– उनले प्रश्न गरे ।

सरकारले केही दिनअघि मात्रै मिटरब्याज पीडितका एउटा समूहसँग वार्ता गरेपनि फेरि हिजो (सोमबार) विभिन्न १४ जिल्लाका मिटरब्याज पीडित काठमाडौं प्रवेश गरेका छन् । करिब छ सयको संख्यामा रहेका पीडितहरु अहिले शान्ति वाटिकामा रहेको बताइएको छ ।