२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनका साझा उम्मेदवारको जित निश्चित छ– गगन थापा



फाईल फोटो
अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) सहित सत्ता गठबन्धनको साझा उम्मेदवारको जित निश्चित भएको बताउनुभएको छ।

तनहुँ–१ मा पार्टी उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन गर्ने क्रममा उहाँले केन्द्रमा कांग्रेस माओवादीको सरकार बनेकाले चाहेअनुसारको विकास निर्माणको काम गर्न सकिने बताउनुभयो ।

“केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकार बन्दैछ । केन्द्रमा कांग्रेस माओवादी मिलेर बनेको सरकार कहीँ जाँदैन । तपाईंहरुको विकासको आकांक्षा छ । त्यो सरकारले पूरा गर्छ । यो बेलामा नमिलेको र बिग्रेको कुरा केही छैन”, उहाँले भन्नुभयो ।

पुराना पार्टीहरु खराब भए ‘नो नट एगेन’ भन्नेहरुको पनि देखिएको भन्दै उहाँले भन्नुभयो, “यो निर्वाचनको बेलामा एउटा नयाँ गीत पनि आउँछ पुराना पार्टीहरूले काम गर्दैन नयाँ पार्टी चाहिन्छ भन्छन् । केही समयअघि चितवन, तनहुँ, पोखरा, काठमाडौँलगायत ठाउँठाउँमा सुन्यौँ । नेपालका पुराना पार्टीहरू खराब भए नो नट अगेन । पुराना नेताहरू निर्वाचित गराउन हुँदैन । हामी नयाँ हौँ सबै कुरा नयाँ ढंगबाट गर्छौं । जनताले पत्याउनु पनि भयो । पहिलो पटकमै २० औँ सीट जितेर साथीहरू संसद्मा आइपुग्नुभयो । उहाँको पनि देखियो ।”