४ पुष २०८२, शुक्रबार
,
Latest
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ वर्षपछि ‘द रेनकारनेशन’ ब्याण्डले ल्यायो ‘एक्लै छु’



अ+ अ-

काठमाडौं । ‘द रेनकारनेशन’ ब्याण्डको ‘एक्लै छु’ गीत बजारमा आएको छ । १९९८ मा स्थापना भएको यो ब्याण्डले यतिबेला दार्जलिङको विभिन्न शहरमा विभिन्न सोहरुमा आफ्नो कला प्रस्तुत गरिरहको छ ।

‘द रेनकारनेशन’ ब्याण्डले दार्जलिङमा मात्र नभएर भारतीय स्तरका विभिन्न शोहरुमा सहभागि भएर अवार्ड समेत हात पारिसकेको छ । ‘द रेनकारनेशन’ २०२१ मा दार्जलिङमा भएको रक कन्टेक्समा सहभागी भएर पहिलो समेत भएको थियो ।

‘द रेनकारनेशन’ ब्याण्ड दार्जलिङबाट नै ‘गोर्खा रक्स’ एल्बम सार्वजनिक गरेको थियो । त्यसपछि ‘द रेनकारनेशन’ ब्याण्डले २००३ मा ‘हिजोसम्म’ एल्बम काठमाडौंमा आएर गीत रेकर्ड गराई रिलिज गरेको थियो ।

उक्त एल्बमा रहेको हिजोसम्म, व्यथा, तिमी बिना लगायतको गीत निकै हिट भएको थियो । ‘द रेनकारनेशन’ ब्याण्डको ‘एक्लै छु’ गीत २०,२१ वर्षपछिको कमब्याक गीत हो । यो गीत अप्रिल १ मा ‘द रेनकारनेशन दार्जलिङ’ युट्युबमारिलिज भएको हो । जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

‘द रेनकारनेशन’ ब्याण्ड
ड्रम्स र स्वर – संजित मोथे
गिटार र स्वर – सहदेव लामा
कीबोर्ड–देवकर ठटाल
बास गिटार–किरण मोथे सदस्यमा रहेका छन् भने बास गिटार कल्याण सुन्दासको भने २०१९ मा निधन भइसकेको छ ।