२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

यही संविधान प्रयोग गरेर राजा फर्काउने प्रयास गर्छौं– धवलशमशेर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर राणाले अहिलेकै संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले यही संसद् र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने कोशिस गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट, कुनै पनि तर्क दिएर प्राप्त उपलब्धी, राजनीतिक व्यवस्थालाई कमजोर पार्ने र यसप्रति धावा बोल्न नदिन सरकार दृढ रहेको बताएपछि त्यसप्रति टिप्पणी गर्दै राणाले राणाले आफूहरुको राजासहितको प्रजातन्त्र ल्याउने एजेण्डाअनुसार नै अघि बढ्ने जवाफ दिनुभयो ।

“गृहमन्त्रीज्यूले भन्नुभयो– गणतान्त्रिक व्यवस्थालाई संरक्षण गर्ने उहाँको जिम्मेवारी हो त्यो स्वाभाविकै हो”, राणाले भन्नुभयो, “तर हामी आफ्नो यो सदनलाई प्रयोग गरेर संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने छौँ ।”